पल्लो कोठामा बस्ने छिमेकीले वल्लो कोठाका १६ महिने बच्चाको छुरा प्रहार गरि हत्या गरे

२०७८ पुष २९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

स्याङ्जा । स्याङ्जामा १६ महिने बालकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार सिर्सिबोट घर भएका रनमाया गुरुङको १६ महिने छोरा साइमनको हत्या भएको हो ।

गुरुङ परिवार हाल वालिङ नगरपालिका–१२ मा बस्दै आएका थिए । साइमन गुरुङको हत्या आरोपमा सोही घरमम डेरा बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

मृतककी दिदी ५ वर्षकी बालिकालाई पनि जितेन्द्रले आक्रमण गरी घाइते बनाएको प्रहरीको भनाइ छ । घटनाको रहस्य भने खुल्न सकेको छैन ।

मृतकको घाँटीमा गम्भीर रुपमा चक्क प्रहार गरिएको प्रहरीको भनाइ छ । साइमनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//oackoubs.com/4/4074708