एमाले सुर्खेतको अध्यक्षमा वि.सी.

२०७८ पुष २८, बुधबार
पढ्ने समय : < 1 मिनेट

सुर्खेत । नेकपा एमाले आठौं जिल्ला अधिवेशनबाट एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी निर्वाचित भएका छन् ।जिल्ला नेतृत्वका लागि सर्वसम्मत पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनद्वारा नेतृत्व टुङ्गो लगाइएको हो । मंगवार भएको निर्वाचनमा निवर्तमान एमाले सुर्खेत उपाध्यक्ष विसीले ३६८ मत प्राप्त गरी अध्यक्ष बनेका हुन् ।

उनका प्रत्यासी डण्डिप्रसाद शर्माले २६७ मत प्राप्त गरी पराजित भएका छन् । जिल्ला कमिटीमा वि.सी. कै प्यानले बर्चस्व कायम गरेको छ । विसी प्यानलकै कुलमणि देवकोटाले ३९४ मत प्राप्त गरी उपाध्यक्ष बन्दा उनका प्रतिद्वन्द्वि ऋषि गिरीले २२६ मत ल्याएर पराजय भोगे । यस्तै सचिवमा कविन्द्रकुमार केसीले ३९० मत ल्याएर विजयी भएका छन् ।

उनी पनि वि.सी. प्यानलकै हुन् । केसीका प्रतिद्वन्द्वी रेशम रानाले २३३ म प्राप्त गरे । दुइ पद रहेको उप-सचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपालीले जित हात पारेका छन् । पाण्डेले ३९१ र नेपालीले ३६९ मत प्राप्त गरी विजयी भएका हुन् ।

पाण्डे र नेपाली पनि विसी प्यानलकै हुन् । पाण्डे र नेपालीका प्रतिद्वन्द्वि टिकाराम सुवेदी र नेत्रलाला महताराले क्रमश २०९ र २०८ मत प्राप्त गरी पराजित भएका छन् । अध्यक्ष पदमा पराजित भएका शर्मा पूर्व शिक्षक र शहिद ऋषि शर्माका दाजु हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//thaudray.com/4/4074708