अनिश्चितकालका लागी अब यी देशहरुबाट नेपाल आउन नपाउने

२०७८ पुष २८, बुधबार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डाै / सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

 

ती देशलाई ट्रान्जिट बनाइ नेपाल आउने वा गएको तीन हप्ताभित्र ती देश भ्रमण गरेका यात्रुलाई गएराति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

 

सरकारबाट आदेश जारी हुँदाका समयमा ती देशमा ट्रान्जिटमा रहेका यात्रु नेपाल आगमनपछि आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल करेण्टीनमा बस्नुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अरु देशको हकमा ती देशमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त देशको पहिचान गरी त्यसको जानकारी अध्यागमन विभागलाई उपलब्ध गराउने छ ।

 

अध्यागमन विभागले त्यही आधारमा यात्रा सुझाव जारी गर्नेछ । सङ्क्रमण जोखिम भएका देशबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । सङ्क्रमण जोखिम भएका देशबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल करेण्टीनमा बस्नु पर्नेछ ।

 

स्रोत खुलाइएका बाहेक यस वेवपेजमा राखिएका समाचार तथा फोटोहरु चियागफडटकमको सम्पति हुन् , कसैले फोटो तथा समाचार हुबहु प्रकाशन गरिएको पाइएमा फेसबुक तथा गुगलमा कपिराइटको उजुरी गरिने छ |

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//zikroarg.com/4/4074708