खुल्यो UAE को रोयल गार्ड, कसरी जाने..?

२०७८ पुष २८, बुधबार
पढ्ने समय : 2 मिनेट

काठमाडौं : युएई पुग्ने वा युएई पुगेका जो कोहिको एउटा सपना भनेको दुबईको रोयल गार्डमा काम गर्न पाउनु एक हो । आकर्षक तलब , राम्रो सुबिधा र सहज कामको कारण दुबईमा रहने वा दुबई जाने जो कोहिको लागि रोयल गार्डमा काम गर्ने सपना रहेको हुन्छ ।

 

सेना तथा प्रहरीबाट सेवा निबृत्त भएका ब्यक्तिलाई रोयल गार्डमा राख्ने प्रचलन रहेको छ । जसको लागि कतिपय देशमा सरकार टु सरकार र कतिपय अवस्थामा कुनै कम्पनी मार्फत त्यसरी भुतपुर्व सेना र प्रहरीका कर्मचारी भर्ना गरेर रोयल गार्डमा लिने गरिन्छ ।

रोयल गार्ड युनाइटेड अरब इमिरेट्स (युएई) संगै कतार, न्यूजील्याण्ड, स्विट्जरल्याण्ड र साउदी अरब, युके जस्ता देशहरुमा प्रचलित छन् ।

 

रोयाल गार्डमा हालका दिनमा भुपु सेना वा प्रहरी मात्रै होइन सर्वसाधारण समेतलाई लिने गरेको छ भने केहिले सैनिक तालिम लिएको प्रमाणपत्र पेश समेत गर्ने गरेको जानकारहरु बताउछन् ।

 

युएईमै रहेका नेपाली युवाहरुको लागि अवसर रहेको जानकार बताउछन् । युएईबाट प्रोसेस र रोयल गार्डको लागि छनौट समेत सहज हुने बताउछन् । युएईमै बेला मौकामा खुल्ने अवसरको लागि युएईमै रहेका नेपालीहरुको लागि राम्रो अवसर रहेको छ ।

 

दुबईमा रोयल गार्डको लागी आवश्यक योग्यता

 

१ पूर्व सेना वा प्रहरी अधिकारीहरु वा सैन्य तालिम लिएको
२ उचाइ ५.७ इन्च
३ तौल ७५ किलो भन्दा बढी
४ अंग्रेजी दक्षता राम्रो भएको र प्लसटु पास गरेको ।

 

चयन प्रक्रिया
रोयल गार्डको चयन प्रक्रिया तीन किसिमले गरिन्छ । पहिलो त शारीरिक परिक्षण, चिकित्सा परिक्षण जसमा तपाइको कुनै दृघरोगको परिक्षण गरिन्छ र अन्तिम अन्तर्वार्ता लिइन्छ ।

 

नोट : यी जानकारीहरु रोयल गार्डमा काम गरेका र विभिन्न स्रोतबाट लिइएको हो । समयानुकूल विभिन्न कुराहरु परिवर्तन समेत भएको हुन सक्छ त्यसैले सम्बन्धित निकायको जानकारी नै अन्तिम हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//nessainy.net/4/4074708