विमानस्थल विस्तार पहिलो प्राथमिकतामाः प्रजिअ रिजाल

२०७८ पुष २७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

सुर्खेत । सुर्खेतका जिल्लामा भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकार खगेन्द्रप्रसाद रिजाललाई आज स्वागत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजाललाई सुर्खेत उद्योग बाणिज्य संघले आज स्वागत गर्दै जिल्लामा रहेको समस्याहरुलाई अवगत गराएको हो । कार्यक्रममा सहभागीहरुले सुर्खेतमा अहिलेको चुनौती भनेको लागु ‍औषध नियन्त्रण गर्नु रहेको बताएका छन् । त्यस्तै अहिले पनि द्वन्दकालको समयमा जस्तै वीरेन्द्रनगर भित्रने नाका सुब्बाकुनामा बाटो छेकेर चेकजाँच गरिने भएकोले त्यसलाई सुधार गर्न र कर्णालीको समृद्धीकोलागि विमानस्थल विस्तार गर्न आग्रह गरिएको छ ।

प्रजिअ रिजालले आफ्नो काम विमानस्थल विस्तार पहिलो प्राथमिकतामा रहेको त्यस्तै जिल्लाका अन्य समस्याहरुलाई निर्मूल पार्न र शान्तिसुरक्षा अमन चैनकालागि आफू कटिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//zikroarg.com/4/4074708