स्वास्थ्य तर्फ सेवा करारमा भर्ना लिन सामाजिक विकास मन्त्रालयद्वारा दरखास्त आह्वान

२०७८ पुष २७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा करारमा भर्ना लिन दरखास्त आह्वान गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा तर्फको चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिने सम्बन्धी आज सूचना प्रकाशित गरेको हो ।

सामाजिक विकास मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयहरुमा रिक्त दरवन्दीमा पदपुर्तिका लागि सेवा करारमा लिन १५ दिने दरखास्त सूचना प्रकाशित गरेको हो । जसमध्ये स्वास्थ्य तर्फ चौंथो तहदेखि नवौं तहसम्म १ सय ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

यसअघि गत पुस २१ गते बुधबार बसेकाे कर्णाली प्रदेशकाे मन्त्रीपरिषद् बैठकले सेवा करारमा लिने सम्बन्धी निर्णय गरेकाे थियाे ।

दरखास्त सूचना हेर्नुहोस् :

  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//dooloust.net/4/4074708