कर्णाली प्रदेश लोकसेवाले खोल्यो विज्ञापन

२०७८ पुष २७, मंगलवार
पढ्ने समय : 2 मिनेट

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले पदपुर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समुहका अप्राविधिक/प्राविधिक तर्फका विज्ञापन  प्रकाशित गरेको हो ।

प्राविधिक पाँचौं तहको खुला तर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ ।

यस्तै, अप्राविधिकतर्फ सव–ईन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन गरिएको हो ।
विज्ञापन हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//zikroarg.com/4/4074708