भारतीय नेताले विराटनगर आएर भने – हिन्दूराष्ट्र नेपालका पक्षमा माहोल बनाउनुहोस्

२०७८ पुष २४, शनिबार
पढ्ने समय : < 1 मिनेट

भारतीय नेताले विराटनगर आएर नेपालमा संघीय हिन्दू गणतन्त्र अभियान सञ्चालन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

 

शनिवार भारतीय जनता पार्टीका बिहार प्रदेश मन्त्री भानुप्रकाश रायले नेपाल धर्मनिरपेक्ष भएकाले हिन्दूत्व, हिन्दू संस्कार र संस्कृति संकटमा परेको बताए ।

 

 

राष्ट्रिय एकता अभियान नामक संस्थाद्वारा आयोजित संघीय गणतन्त्र विषयक विचार गोष्ठीमा उनले वेद, पुराण, गीता, रामायण जस्ता धार्मिक ग्रन्थको संरक्षण र सम्बद्र्धनका लागि संघीय हिन्दू गणतन्त्र आवश्यक रहेको समेत बताए ।

रायले हिन्दूहरूको महान् धर्मग्रन्थ रामायणमा वर्णन गरिएको राजा जनक र देवी सीताको जन्मभूमि समेत रहेको नेपाल संघीय हिन्दू गणतन्त्र राष्ट्रका लागि सक्षम रहेको दाबी गर्दै हिन्दू राज्यका पक्षमा माहोल बनाउनुपर्ने बताए ।

 

राष्ट्रिय एकता अभियान नेपालका अध्यक्ष विनयकुमार यादवले नेपालको सविधानप्रति हाम्रो विरोध रहेको बताए । संविधान जारी भइसकेपछि संविधानको स्वागतसँगै सविधानका २ बुँदा बीच सडकमा जलाएको उनले बताए ।

धर्मनिरपेक्ष र मुस्लिम आयोग बनाउने बुँदा जलाएको भन्दै उनले यी बुँदाले साम्प्रदायिक द्वन्द्व बढाउँदै लगेको बताए ।

अभियानका केन्द्रीय सदस्य निर्मल दुगडले धर्मनिरपेक्षताले हिन्दू र हिन्दूत्व नास भइरहेको भन्दै संघीय हिन्दू गणतन्त्र अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//thaudray.com/4/4074708