एथलेटिक्स खेलाडीको बिदाई

२०७८ पुष २२, बिहीबार
पढ्ने समय : < 1 मिनेट

बंगलादेशमा हुने एथलेटिक्स खेलमा सहभागी हुन जान थालेका नेपाली खेलाडीको बिदाई गरिएको छ ।

‘बंगबन्ध शेख मुजीवबन्धु म्याराथन’ प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडीलाई काडमाडौंमा खेलकुद मन्त्रीले बिहीबार बिदाई गरेका हुन ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिदाई सफलताको शुभकामना दिदै बिदाई गरे ।

मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीलाई बिदाई गर्दै मन्त्री गहतराजले जितको अग्रिम शुभकामना दिएका थिए ।

बिगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडी विश्वका कुनै शक्तिले हराउन नसक्ने भन्दै मन्त्री गहतराजले खेलाडीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन आग्रह गरेका थिए ।

पुस २६ गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने छ ।

४२ किलोमिटर दुरीको फुलम्याराथन प्रतियोगितामा सहभागीहुन नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारीको टोली बंगलादेश प्रस्थान गर्न लागेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//zikroarg.com/4/4074708