राप्रपाको सुर्खेतमा हुने भनिएको बृहत् जनसभा स्थगित

२०७८ पुष २२, बिहीबार
पढ्ने समय : < 1 मिनेट

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्न लागेको बृहत् जनसभा कार्यक्रम स्थगित भएको छ ।

राप्रपाले यहीँ पुस २३ गते विस्तारित बैठक र २४ गते बृहत् जनसभा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।

मौसम प्रतिकुलताका कारणले २४ गते हुने बृहत् जनसभा कार्यक्रम स्थगित गर्नुपरेको कर्णाली प्रदेश समितिका अध्यक्ष दिपबहादुर शाहीद्वारा जारी प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

पुस २४ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने बृहत् जनसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

कर्णाली प्रदेश अध्यक्ष शाहीका अनुसार स्थगित बृहत् जनसभा कार्यक्रम अब माघ १५ गते आयोजना गरिने छ । तर, पुस २३ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने विस्तारित बैठक भने यथावत् रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//dooloust.net/4/4074708