वर्षाका कारण रौतहटमा करौडौँ इट्टा नष्ट

२०७८ पुष १९, सोमबार
पढ्ने समय : 2 मिनेट

रौतहट । केही दिन अगाडि परेको हिउँदे वर्षाका कारण रौतहटको इट्टा उद्योगमा ठुलो क्षति पुगेको छ । वर्षाका पानीले पकाउन तयारी अवस्थामा राखिएको काँचो इट्टामा क्षती पुर्याएको छ । वर्षाका कारण यहाँ रहेका इट्टा उद्योगहरुमा पकाउनका लागि तयार पारिएर राखेको काँचो इट्टा कामै नलाग्ने गरि गलाएको छ ।

चन्द्रपुर १० मा रहेको आर बि ए इट्टा उद्योग डुमरियाका व्यवस्थापक भोला आलमका अनुसार उनको इट्टा भट्टामा मात्र १० देखि १२ लाख बराबरको काँचो इट्टा गलेर नष्ट भएको छ । ‘पकाउन ठिक्क पारेर राखेर इट्टा पानीले सत्यानास पारिदियो’ उनले भने , ‘यसले हाम्रो व्यवसायलाई ठुलो धक्का लागेकोछ । नसोचेको नोक्सानी भयो ।’

रौतहट इट्टा व्यवसायी संघका अनुसार जिल्ला भर १ सय ६२ वटा इट्टा भट्टाहरु रहेका छन् जसमध्ये १ सय १५ वटा नियमित संचालनमा छन् । वर्षाका कारण काँचो इट्टा नष्ट हुँदा जिल्लाभर ७ करोडभन्दा बढिको नोक्सानी व्यवसायीहरुले बेहोर्नु परेको संघले जनाएको छ ।

 

संघका सचिव मोहन साहका अनुसार वर्षाले काँचो इट्टा नष्ट गरेपछि इट्टा भट्टामा इट्टा पोल्न लगाइएको आगो निभाउनु पर्ने अवस्था सृजना भएको छ । पोल्नको लागि इट्टा नभएपछि संचालनमा भएका इट्टा भट्टापनि बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । वर्षाको पानी नोक्सानी बेहोरेका इट्टा उद्योगीहरुहरु हुस्सु र शीतलहरले झन् मार्कामा परेका छन् । जिल्लामा शुक्रबारदेखि राम्रोसँग घाम लागेको छैन् , जसका कारण नोक्सानी हुनबाट बचेका इट्टा पनि सुक्न पाएका छैनन् ।

‘हामीहरु धेरै तनावमा छौँ हामीलाई सरकारले पनि हेर्नुपर्र्छ’ सचिव साहले भने, ‘हामीलाई कर लगायतका कुराहरुमा सरकारले छुट दिनुपर्छ , नत्र हामी यो व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउनसक्छ ।’ काँचो इट्टालाई विमा कम्पनीहरुले पनि विमा गर्न नमान्ने हुँदा वर्षाका कारण वर्षैनी करौडौको नोक्सानी व्यवसायीहरुले बेहोर्नु परिरहेको व्यवसायी गुनासो गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//dopansearor.com/4/4074708