ब्याट्सम्यान क्वान्टिन डिककले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा

२०७८ पुष १६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्वान्टिन डिककले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

२९ वर्षीय डिककले परिवारका लागि समय दिने भन्दै संन्यास लिने घोषणा गरेका हुन्। उनी केही महिनामा पहिलो सन्तानको पिता बन्दै छन्।

भारतविरूद्ध सेन्चुरियनमा खेलिएको पहिलो टेस्टमा ११३ रनले पराजित भएको केही घन्टामै डिककले संन्यास लिने घोषणा गरेका हुन्।

उनले संन्यास लिने निर्णय गर्दा सजिलो नभएको समेत बताएका छन्।

सन् २०१४ मा टेस्टमा डेब्यू गरेका उनले ५४ खेल खेल्दा ३३ सय रन कटाएका छन्। जसमा ६ शतक र २२ अर्धशतक सामेल छन्।

उनले अब एकदिवसीय र टी-२० मा केन्द्रीय हुने समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//benoopto.com/4/4074708