व्यवसायिक रुपमा उत्कृष्ट कम्पनीलाई सम्मान गर्दै कर्पोरेट क्लब, १७ विधामा अवार्ड

२०७८ पुष १५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

र्पोरेट क्लब नेपालले व्यवसायिक रुपमा उत्कृष्ट रहेका कम्पनीलाई सम्मान गर्ने भएको छ।

कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै पुस २३ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट उत्कृष्ट कम्पनीलाई सम्मान गर्ने जानकारी दिएको हो।

कम्पनीका अध्यक्ष मोहन ओझाले पाँच महिना अघि नै विभिन्न विधाका सात जना विज्ञहरुको निर्णायक मण्डल गठन गरेर छनोट प्रक्रिया अगाडि बढाएको बताए।

उनका अनुसार इन्सिच्युसनल एक्सिलेन्समा ११ वटा, इन्डिभिज्युअल एक्सिलेन्समा दुई वटा, इन्सिच्युसनल डिस्टिङगुइस्डमा २ वटा, इन्डिभिज्युअल डिस्टिङगुइस्डमा एक र इन्सिच्युसनल विल्डरमा केही गरि जम्मा १७ वटा विधामा १९ वटा अवार्ड दिइनेछ।

विभिन्न व्यक्ति तथा संस्थाको जानकारीका लागि फ्याक्ट नेपाललाई आउटसोर्स गरिएको ओझाले बताए।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले समाजमा सकारात्मक छाप छोड्ने कम्पनीलाई सम्मान गर्दा त्यसले राम्रो प्रभाव पर्ने बताए।

कार्यक्रममा शिवम सिमेन्टका सिइओ सुरेन्द्र गोयलले व्यवसायिक क्षेत्रले सम्मान पाउँदा लगानीका लागि समेत प्रोत्साहन मिल्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//soaheeme.net/4/4074708