फिल्मको प्रचारका लागि कपिल र सलमानलाई कति तिर्छन् बलिउड निर्माता ?

२०७८ पुष ५, सोमबार
पढ्ने समय : < 1 मिनेट

मुम्बई – यस्तो कुनै बलिउड फिल्म भेट्न गाह्रो पर्छ जुन कपिल शर्माको कार्यक्रममा नगएको होस् । यसैगरी सलमानले चलाउने ‘बिग बोस’मा पनि निर्माताहरू कलाकार लिएर प्रचार गर्न पुगेकै हुन्छन् । तर के यहाँ फिल्मकर्मीले निशुल्क आफ्नो फिल्मको प्रचार गर्न पाउँछन् ? पाउँदैनन् ।

बलिउडका सञ्चारमाध्यमले लेखेअनुसार यस्ता कार्यक्रममा फिल्मको प्रचार गर्न निर्माताले टेलिभिजन कार्यक्रमलाई मोटो रकम बुझाउनु पर्छ । समाचारमा उल्लेख भएअनुसार बलिउड फिल्मले ‘कपिल शर्मा सो’मा प्रचारका लागि २५ देखि ३० लाखसम्म तिर्छन् भने ‘बिग बोस’मा यसरी नै फिल्मको प्रचार गर्न निर्माताले ५० लाख भारतीय रुपैँयासम्म बुझाउने गर्छन् ।

तर संयोग के भने यी दुवै कार्यक्रममा सलमान खान जोडिएका छन् । सलमान ‘कपिल शर्मा सो’का निर्माता हुन् भने ‘बिग बोस’ सलमानले नै होस्ट गर्छन् । ‘बिग बोस’मा फिल्मको प्रचार गरेवापतको हिस्सा उनले पाउँछन् पाउँदैनन्, थाहा छैन तर ‘कपिल शर्मा सो’को निर्माता पनि सलमान भएकाले यसबाट भने उनले राम्रै हिस्सा पाउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//thaudray.com/4/4074708