शुभाघाट मेलामा चर्चित गायिका शान्ति श्री आउदै

२०७८ पुष ४, आईतवार
पढ्ने समय : < 1 मिनेट

सुर्खेत _ राष्ट्रिय तथा स्थानिय कला र संस्कृतीको शान,गुर्भाकोटको ऎतिहासिक पहिचान भन्ने उद्देश्यका साथ गुमी ज्योति युवा क्लब सुर्खेतको आयोजनामा पौष ४ गते आइतबार देखि ७ गते सम्मको लागी सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहलकुनामा ऎतिहासिक शुभाघाट मेला संचालन भइरहेको छ ।
मेलाको दोस्रो दिन पौष ५ गते सोमबार शान्ति श्री परियार आउने भएकी छिन ।

बोल माया,जाम भो माइली,चौका दाउ, म झरेको पात,घर कता हो बैनिको जस्ता थुप्रै चर्चित लोक तथा दोहोरी गितबाट चर्चाको शिखर चुमेकी गायिका शान्ति श्री परियार मेलामा आउने आयोजकले जानकारी दिएको छ । साथै स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//dacmaiss.com/4/4074708