अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

२०७८ मंसिर २२, बुधबार
पढ्ने समय : < 1 मिनेट

एजेन्सी

सिड्नी, २२ मंसिर

अस्ट्रेलियाले पनि सन् २०२२ मा हुने बेइजिङ ओलम्पिक्सलाई कूटनीतिक रुपमा बहिस्कार गर्ने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले खेलाडी सहभागी भए पनि प्रतिनिधिमन्डल भने स्वदेशमै रहने बताए ।

राजधानी सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले भने, ‘मानवअधिकार उल्लंघन र सिन्जियाङका मुसलमानहरुमाथिको दुर्व्यवहारलाई लिएर अस्ट्रेलियाले कूटनीतिक रुपमा बेइजिङ ओलम्पिक बहिस्कार गर्छ ।’

मानवअधिकार र दुर्व्यवहारमा परेका मुसलमानबारे चीन सरकारसँग वारम्वार वार्ता गर्न चाहे पनि सरकारले बेवास्ता गरेको मोरिसनले बताए । चीनले तिब्बतलाई हेर्ने दृष्टिकोण, त्यहाँ भइरहेका मानवअधिकार दुर्व्यवहारका घटनालाई लिएर अधिकारवादीहरुले महिनौंदेखि बेइजिङ ओलम्पिक बहिस्कार गर्न विभिन्न देशमाथि दबाब दिँदै आएका छन् ।

यसअघि अमेरिकाले पनि बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको थिये। चीनमा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको अ‌ारोप लगाउँदै चीनले हिउँदे अ‌ोलम्पिकलाई बहिस्कारको घोषणा गरेको थिये। तर, अमेरिकी खेलाडी भने सो प्रतियोगितामा सहभागी हुने जनाइएकाे थियाे ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ। हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि अ‌ारोप लगाउँदै अ‌ाएको छ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//thaudray.com/4/4074708