लमजुङका उपभोक्तालाई प्राधिकरणबाट विद्युत् दिन्छौं : मन्त्री भुसाल

२०७८ मंसिर १३, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लमजुङमा उपभोक्ता समितिबाट वितरण भइरहेको विद्युत् एक महिनाभित्र प्राधिकरणबाट वितरण गरिने बताएकी छन् ।

सोमबार नेकपा माओवादी केन्द्र मर्स्याङ्दी गाउँ कमिटीको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री भुसालले लमजुङे जनताको माग बमोजिम उपभोक्ता समिति खारेज गरी प्राधिकरणबाट विद्युत् वितरण गर्न लागिएको बताइन् ।

‘अब एक महिनाभित्र केन्द्रीय प्रसारण लाइनबाट विद्युत् दिनेछौ । बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्छौ । संरचनाहरू सुधार गर्छौ,’ मन्त्री भुसालले भनिन् । मन्त्री भुसालले आफ्नो देशबाट उत्पादित जल ऊर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनीकरण गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//benoopto.com/4/4074708