प्रेस सेन्टर महोत्तरीको अधिवेसन सम्पन्न

२०७८ कार्तिक १६, मंगलवार
पढ्ने समय : < 1 मिनेट

कात्तिक, १६ महोत्तरी

प्रेस सेन्टर नेपाल महोत्तरी साखाको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । माओवादी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टरको दोस्रो अधिवेशनले धनवीर महतोको नेतृत्वमा १३ सदस्य कमिटी सर्वसम्मत चयन गरेको छ ।

यसैगरी उपाध्यक्षमा विशाल बस्नेत, महिला उपाध्यक्ष रिता लामा, सचिवमा अमृतकुमार महतो, सह–सचिवमा ममता शर्मा, कोषाध्यक्षमा आशा कुमारी तोलाङ्गे र सदस्यहरूमा साजन चिमोरिया, रामबाबु यादव, अन्जलीकुमारी साह, कल्पना राई, मन्जुकुमारी महतो, राधाकृष्ण शर्मा, विवेककुमार महतो छन् ।

अध्यक्ष धनवीर महतोले आफ्नो कार्यकाललार्इ उत्कृष्ट बनाउने प्रतिबद्धता जनाए । उनले अघिल्लो कार्याकालमा बनाइएका कार्ययोजनालाई सफल बनाउने र नयाँ कार्यभारलार्इ गतिशिल बनाउने प्रतिबद्धता जनाए ।

प्रदेश २ का दुई वटा जिल्लामा मात्र अधिवेसन सम्पन्न भएको छ । बाँकी ६ जिल्लामा तिहार, छठपछि अधिवेशनको मिति निर्धारण गर्ने प्रदेश कमिटी अध्यक्ष किरणकुमार कर्णले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//cdrvrs.com/4/4074708