राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त, ३ बजे शपथ

२०७८ कार्तिक १६, मंगलवार
पढ्ने समय : < 1 मिनेट

विराटनगर, १६ कात्तिक

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए ।

नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//thaudray.com/4/4074708