अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको क्रिकेटर पारस खड्काको घोषणा

२०७८ श्रावण १९, मंगलवार
पढ्ने समय : < 1 मिनेट

पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

मंग्लवार बिहान नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर एवम्टि पारसले सामाजिक संजालमा स्टाटस लेख्दै आफूले सन्यास लिएको घोषणा गरेका छन ।

सम्पुर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रती कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेको बताएका छन । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको समेत जिकिर गरेका छन ।

नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ।

खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्‍याउने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले २००२ मा १५ वर्षको उमेरबाट क्रिकेट यात्रा सुरु गरेका थिए । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//usounoul.com/4/4074708