बर्दियामा कोरोना संक्रमण बढेपछि स्वास्थ मापदण्ड पालना गर्न नगरप्रमुखको आग्रह

२०७८ श्रावण १८, सोमबार
पढ्ने समय : < 1 मिनेट

गुलरिया । बर्दिया जिल्लाको मधुवन नगरपालिकामा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न नगरपालिकाले अनुरोध गरेको छ । सोमबार परीक्षणका क्रममा कोरोना संक्रमणको दर बढेपछि स्वास्थ्य मापदण्ड पालना गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

पछिल्लो समय मधुवन नगरपालिकालगायत देशभर कोरोना संक्रमण बढेको तथ्यांकले देखायको छ । कोरोना संक्रमितको बढदै गय पछि मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीले नगरमा संक्रमितको संख्या बढेका कारण स्वास्थ्य मापदण्ड पालना गर्न नागररिकहरूलाई अनुरोध गरिएको बताए।

मंगलबार २० जनाको कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको बताए। यसैबीच नगरप्रमुखले कोरोना अस्पताल पुगेर मंगलबार संक्रमितहरूको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//dopansearor.com/4/4074708