नेपालगन्जका ३ युवा डुडुवाखोलामा पौडी खेल्ने क्रममा मृ’त्यु

२०७८ श्रावण ६, बुधबार
पढ्ने समय : < 1 मिनेट

कोहलपुर । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको ज्या’न गएको छ ।

कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृ-त्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज सदरलाइनका १८ वर्षीय रसिद जसगढ, श्रृष्टि हल लाइनका १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिस जसगढ रहेका छन् ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई कोहलपुर प्रहरीको टोली पुगेर खोजी गर्दा मृ-त अवस्थामा फेला पारेको थियो । प्रहरीले आवश्यक प्रक्रिया पुयाएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page