खुलेआम गाई तस्कर, बाँके

२०७८ श्रावण ६, बुधबार
पढ्ने समय : < 1 मिनेट

साउन ०६ गते, बाँके ।

बाँकेमा केही दिन यता छाडा पशुहरु चोरी तथा हराउने गरेको छ ।

सोमबार फुल्टेक्रा चौराहा रोडबाट केही व्यक्तिहरुले चाेकमा बसिरहेका गाईहरुलाई डोरीमा बाँधेर लैजाने क्रममा स्थानीय व्यक्तिहरुले के गरेको, किन लग्न लागेको? कहाँ लैजाने हो? कसले लैजाने भनेको छ? भन्ने जस्ता प्रश्न गर्दा चोरी गरी लैजाने व्यक्तिहरु त्रसित भई जनावर छोडी भागेको फुल्टेक्रा निवासी हितेश भारतीले बताउनुभयो ।

त्यसैगरी मंगलबार न्युरोडबाट एक गाइलाई रसिले बाधेर जबरजस्ती लै रहेको अवस्थामा न्युरोडमा ब्यापार गर्दै आएका व्यापारीहरुले हरेक दिन ती गाईलाई अन्नपात गरिरहने भएकाले गाईलाई चिनेको र गाई लगिरहेको देखि पछि तुरुन्त समाति नेपाल शिव सेनाले प्रहरीलाई फोन गरि वडा प्रहरीमा बुझाएका छन।

गाई तस्करमा कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ का मोहम्मद अफताब बेडुवा र सोही ठाउँका इकबाल खान रहेका छन।

हामिले वडा प्रहरी कार्यालयमा थुनिएका २ चोरद्वयलाई गाई किन चोरी गरेको भनेर प्रश्न गर्दा उनीहरुले दुध खानलाई हो, बाटोमा गाईहरु छाडा रहेको हुँदा कसैलाई नभनी पक्राउ गर्दा स्थानीयहरुले हामीलाई समाती वडा प्रहरी कार्यालयमा बुझाएको बताएका छन् भने ती २ चोरि गरेका ब्यक्तिलाई जिल्लामा मुद्दा चलाई सकेको नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page