मुस्लिम समुदायमा पर्वको खुशी 

२०७८ श्रावण ५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

रुख्शाना अन्सारी ,बाँके, ५ साउन ।

मुस्लिम समुदायको दोस्रो महान पर्व इदुल अजहा( बक्राइद ) बुधबार मनाउने भएको छ । चन्द्रमा हेरे पर्वहरु मनाउने गरेको मुस्लिम समुदायले चन्द्रमा देखेको १० दिन पछि इदुल अजहा मनाउने गरेको छन् । बुधबार परेको इदुल अजहा पर्व मनाउन मुस्लिम समुदायले सरसामान किनमेल गर्न बजारमा घुइँचो लागेको छ । अजहाको दिन मुस्लिम धर्मवलम्वीहरु ईदगाहमा उपस्थित भै सामुहिक नमाज पढ्ने गर्छन् । नमाज पढेर घर फर्केपछी बाख्रा, ऊठ, दुम्बा राँगा लगायत जनावरको कुरबानी गर्छन् ।

 

नेपाल वल्मा काउन्सिल बाँकेको संयोजक हजरत मौलाना मोहम्मद कैफुल्वरा खान मिस्बाहीले भन्नू हुन्छ, कुरबानी गर्नु पैगम्बर हजरत इब्राहिम अलैहीस्सलामको सुन्नत हो । दीने ईस्लाम त्याग र दानको भावनालाई प्रोत्साहन गर्ने भएकोले अल्लाहको पैगम्बर हजरत इब्राहिम अलैहीस्सलामले आफ्नो छोरोलाई अल्लाहको नाममा कुरबानी गर्नु भएको थियो । कुरबानी गर्दा हजरत इब्राहिम अलैहीस्सलामको छोरो हजरत इस्माइल अलैहीस्सलामको साटो एउटा दुम्बा जिबाह भएपनि कुरबानी हजरत इस्माइल अलैहीस्सलाम कै भएको सूफीहरुले किताबबाट बताउँछन् ।

कुरबानी गर्न ल्याइएको जनावरको स्वस्थ अवस्था सामान्य हुनुपर्छ । चोटपटक लागेको वा बिरामी भएको जनावरको कुरबानी हुँदैन । कुरबानी गर्न दीने ईस्लाममा अनिवार्य कार्यको रुपमा ब्याख्या गरिएको छ । कुरबानी गरेको जनावरको मासु तीन भागमा विभाजन गरिन्छ । जसमध्ये एक भाग गरीब पीडितहरुको लागि हुन्छ, एक भाग आफन्तहरुको लागि हुन्छ भने एक भाग आफ्नै परिवारजनको लागि उपभोग गरिन्छ । यसदिन मुस्लिम धर्मवल्मबीले मिठो पकुवानहरु बनाइ एक आपसमा शुभकामना आदानप्रदान गर्दै भोज ख्वाउने गर्छन् । भाइचाराको परिचय दिँदै एक आपसमा अंगालो लगाउने गरेको पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page