महन्थ ठाकुरद्वारा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने घोषणा

२०७८ श्रावण ३, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका छन् ।पुनःस्थापित प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले देउवालाई बधाई दिँदै पार्टीका तर्फबाट विश्वासको मत दिने बताए।

पटक–पटक प्रधानमन्त्रीहरुलाई समर्थन गरे पनि जसपाले उठाएका माग पूरा नभएकोमा उल्लेख गर्दै उनले भने सर्वप्रथम म सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाइ दिन चाहन्छु, र मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नुभएको छ, त्यसको समर्थनमा हामी उहाँलाई मत दिन्छौं ।

देउवा जनताको मतले नभई सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेको टिप्पणी गर्दै उनले देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य जड नै संविधान रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page