लुम्बिनी सरकारले अध्यादेशबाट ल्यायो बजेट

२०७८ श्रावण १, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने चौधरीले बताए ।

उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको हो । ‘

‘कुनै पनि काम एक मिनेट पनि नरोकियोस् भनेर अध्यादेश बिहानै बजेट ल्याएको छ । यो हाम्रो बाध्यकारी अवस्था हो,’ चौधरीले लोकान्तरसँग भने ।

सदनबाट बजेट पास हुने नदेखेपछि गएराति सरकारले चालू अधिवेशन अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//chooxaur.com/4/4074708 https://phortaub.com/pfe/current/tag.min.js?z=4074755