एचडब्ल्युपीएल : मिन्दानाओ, फिलिपिन्समा शान्तिको विकास

२०७८ असार ३१, बिहीबार
पढ्ने समय : 2 मिनेट

एजेन्सी- २४ जनवरी २०१४ मा, हेवेन्ली कल्चर, वर्ल्ड पिस, रिस्टोरेसन ओफ लाईट (एचडब्ल्यूपीएल) ले मिन्दानाओमा ४० वर्षको द्वन्द्वको लागि शान्ति सम्झौतामा हस्ताक्षर गर्न राजनीतिक र धार्मिक अगुवा लगायत स्थानीय प्रतिनिधिहरूलाई प्रस्ताव राखेको थियो  l वर्तमानमा, नागरिक समूहको नेतृत्वमा रहेको शान्ति सम्झौताको कार्यान्वयन भइरहेको छ र फिलिपिन्सको सरकार र मोरो जनताबीच शान्ति सम्झौताको लागि शान्तीको वातावरण सिर्जना गर्न योगदान पुर्यारएको छ।

एचडब्ल्यूपीएल फिलिपिन्समा जून २०१३ देखि गरिब बस्तीहरुमा राहत ल्याउने, अन्तरविश्वासिय सद्भावका लागि धार्मिक अगुवाहरूसँग कुराकानी गर्ने र शान्तिका लागि युवा नेटवर्क स्थापना गर्ने लगायतका विभिन्न कार्यक्रमहरू र गतिविधिहरू आयोजना गर्दै आइरहेको छ ।
एचडब्ल्यूपीएलले जनवरी २०१४ मा मिन्दानाओ, जनरल सान्तोस, फिलिपिन्समा पहिलो शान्ति पद यात्रा उत्सव आयोजना गरेको थियो। दुबै धर्मका विश्वासीहरू, मिन्दानाओ राज्य विश्वविद्यालयका विद्यार्थीहरू, र अन्तर्राष्ट्रिय शान्ति युवा समूहका सदस्यहरू सहित १,००० भन्दा बढी व्यक्तिहरूले भाग लिएका थिए।

सोही दिन, इस्माएल जी मंगुदादटु, मागुइन्दानाओका गभर्नर र क्याथोलिक आर्कबिशप लगायतका प्रतिनिधिहरूले शान्ति निर्माण र युद्ध रोक्नको लागि सम्झौतामा हस्ताक्षर गरे। । एचडब्ल्यूपीएलका अनुसार, मिन्दानाओ शान्ति सम्झौताले “नागरिक-केन्द्रित चेतना सुधार र कार्य”मा आधारित शान्तिको प्रस्ताव राख्यो।

यस दृष्टिकोणको अनुरुप, यस संस्थाले द्वन्द्वको स्रोत हो भन्ने कारक तत्वहरू हटाउन र शान्तिमय विकासको लागि मूलभूत मूल्यलाई सुदृढीकरण गर्न, शिक्षा, धर्म, युवा, र महिला सहित, नागरिक समाज केन्द्रित शान्ति पहलहरू गर्न स्थानीय समुदायसँग सहकार्य गर्दैछ ।

८४ वर्षको उनको उमेरमा उनले सम्झौतामा हस्ताक्षर गर्ने आगुवाहरूसँग हात मिलाएपछि एचडब्ल्यूपीएलका अध्यक्ष मान ही ली सम्झन्छन्,“शान्तिको लागि सम्झौताको हस्ताक्षर सहभागीहरूलाई देखाइएको बेला मध्यस्थले शान्ति सम्झौताको व्याख्या गरे जसको फोटो खिचिएको थियो र भिडियो टेप पनि गरियो। भीड हर्षोल्लास र खुशीको तालिमा उगायो। ”

२४ जनवरी २०१४ मा हस्ताक्षर गरिएको मिन्दानाओ शान्ति सम्झौतामा।

फिलिपिन्सका सिपाहीहरूले २५ मे २०१५ मा फिलिपिन्सको मागुइन्दानाओमा विश्व शान्ति घोषणाको दोस्रो वार्षिक स्मरणार्थपछि आयोजना गरिएको शान्ति पद यात्रामा भाग लिदै।

 

Click Here To Watch Video

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page