अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि

२०७८ असार २७, आईतवार
पढ्ने समय : 2 मिनेट

अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा साविक विजेता तथा आयोजक ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

यो लियोनल मेसीका लागि अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधिसमेत हो । यसअघि सन् २०१४ को विश्वकप तथा सन् २०१५ र ०१६ को कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याका मेसी उपाधिबाट चुकेका थिए ।

आफ्नो खेल जीवनको उत्तरार्द्धतर्फ पुगेका मेसीका लागि यो उपाधि अर्थपूर्ण छ । क्लब फुटबलमा धेरै कीर्तिमान आफ्नो नाममा बनाएका उनले आफ्नो खेल जीवनमा राष्ट्रिय टोलीबाट मात्रै उपाधि जित्न सकेका थिएनन् ।  ब्राजिलको माराकाना स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई यो महत्पूर्ण जित दिलाउन खेलको पहिलो हाफमा एञ्जेल डी मारियाले गरेको एक मात्र गोल पर्याप्त बन्यो ।

काउन्टर एट्याकमा प्राप्त बललाई डी मारियाले खेलको २२औं मिनेटमा गोल गरेका थिए । रोड्रिगो पलले ब्राजिलका रक्षकसमेत बिट हुने गरी दिएको बललाई चिप गर्दै डी मारियाले गोल गरेका थिए । खेलको त्यसपछिको समयमा दुवै टोलीबाट गोल नभएपछि अर्जेन्टिनालाई उपाधि दिलाउन डी मारियाको त्यही गोल पर्याप्त बन्यो ।

मेसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीसमेत घोषित भए । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन् ।  मेसीले राष्ट्रिय टोलीबाट पहिलो उपाधि जित्दाको केही तस्विरहरु :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page