टोकियो ओलम्पिकमा भाग लिन एलेक्स आज जापान प्रस्थान गर्दै

२०७८ असार २१, सोमबार
पढ्ने समय : < 1 मिनेट

टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्ने मध्येका एक खेलाडी पौडीका एलेक्जेन्डर (एलेक्स) शाह आज सोमवार जापानतर्फ प्रस्थान गर्दै छन्।

एलेक्स र उनका मुख्य प्रशिक्षक शंकर कार्की दुवै जना जापान प्रस्थान गर्न लागेका हुन्। नेपाल ओलम्पिक समितिले एलेक्स र कार्की दुवै जनालाई आइतवार विदाई गरिसकेको छ।

एलेक्सले जापानको टोकुशिमामा आफ्नो तयारी गर्ने नेपाल ओलम्पिक समितिले जानकारी दिएको छ। टोकुशिमा प्रान्त र पौडी टोलीबिच ट्रेनिङ बारे सम्झौता भइसकेको जानकारी पनि नेपाल ओलम्पिक समितिले दिएको छ।

त्यस्तै पौडीकी अर्को खेलाडी गौरीका सिंह भने बेलायतबाट जापान जाने बताइएको छ। १३औं साग प्रतियोगितामा ४ स्वर्ण पदक विजेता सिंह बेलायतबाट सोझै टोकुशिमा जान लागेकी हुन्।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। नेपाली पौडी टोली जुलाई २० मा ओलम्पिक भिलेजमा सम्मिलित हुनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page