पाँच हजार वर्ष पुरानो मानव खप्परमा भेटियो प्लेग !

२०७८ असार १६, बुधबार
पढ्ने समय : < 1 मिनेट

युरोपेली मुलुक लाट्भियामा पाँच हजार वर्ष पुरानो मानव खप्पर फेला परेको छ । त्यस खप्परमा प्लेगका ब्याक्टेरिया पाइएका छन् ।

प्लेगको सबभन्दा आरम्भिक स्ट्रेन येरसिनियाको प्रमाण फेला पर्नु ठूलो वैज्ञानिक उपलब्धि मानिएको छ ।

एक पुरुष शिकारीको खप्परमा भेटिएको येरसिनिया ब्याक्टेरियालाई आरभी २०३९ नाम दिइएको छ । लाट्भियाको रन्नुकलान्स भन्ने ठाउँमा यो खप्पर पाइएको हो ।
ब्याक्टेरियाको जेनेटिक विश्लेषण गर्दा प्लेगको यो स्ट्रेन संक्रामक र ज्यानमारा नरहेको पाइएको छ । मध्ययुगमा फैलिएको ब्युबोनिक प्लेगको तुलनामा यो शक्तिशाली थिएन ।

वैज्ञानिकहरूका अनुसार, त्यसबेलामा महामारी बिस्तारै बढिरहेको थियो र धेरै संक्रामक थिएन । तर त्यसको ४३ सय वर्षमा यसको स्ट्रेन विकसित भएर मानिसहरूका लागि प्राणघातक साबित भयो ।
ब्याक्टेरियाको उत्पत्ति कसरी भयो भन्ने विषयमा अनुसन्धान गर्न यस खोजले निकै मद्दत गरेको वैज्ञानिकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page