प्रि क्वाटरफाइनलका अन्तिम २ खेल आज, इंग्ल्याण्ड र जर्मनी भिड्दै

२०७८ असार १५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

युरो २०२० अन्तर्गत प्रि क्वाटरफाइनलमा अन्तिम दुई खेल हुँदैछन् ।

पहिलो खेलमा नेपाली समय अनुसार इंग्ल्याण्ड र जर्मनी राति पौने १० बजे प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राति पौने १ बजे स्वीडेन र युक्रेनबीच प्रतिस्पर्धा हुने छ ।

इंग्ल्याण्ड समूह डीको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा जर्मनी समूह एफबाट उप विजेताको रुपमा प्रवेश गरेको थियो ।

समूह चरणमा इंग्ल्याण्डले दुई खेल जित्दा एक खेल बराबरी खेलेको थियो । उता, जर्मनी भने एक जित, एक हार र एक बराबरी खेल्दै उप विजेता भएको थियो ।

यसैगरी राति पौने १ बजे स्वीडेन र युक्रेन आमने सामने हुने छन् । स्वीडेन समूह ईको विजेता हो भने समूह सीबाट उत्कृष्ट तेस्रो बन्दै युक्रेन अन्तिम १६ मा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page