जोर बिजोर प्रणाली अन्तर्गत भोलिबाट सार्वजनिक सवारी साधन चल्ने, निषेधाज्ञा एक हप्ता थप

२०७८ असार १४, सोमबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १४ असार । उपत्यकामा मंगलबारबाट जोर बिजोर प्रणाली अन्तर्गत सार्वजनिक सवारी साधन चल्ने भएको छ । सार्वजनिक सवारी साधन अन्तर्गत पनि २५ सिटभन्दा माथि क्षमता भएका साधनलाई मात्र चल्न दिने भएको छ ।

गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएसँगै यातायात सुविधा पनि ठप्प भएको थियो । निषेधाज्ञा खुकुलो गर्ने क्रममा क्रमश: मंगलबार (भोलि) बाट  सार्वजनिक यातायात सुविधालाई पनि सहज पर्ने लागिएको हो । यससँगै खाद्यन्न पसल अबको लागि बेलुका ६ बजेसम्म सञ्चालन हुने भएको छ । यससँगै एक हप्ताको लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page