ऋतिकले गरे “कृष ४” फिल्मको घोषणा

२०७८ असार ११, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

ऋतिक रोशन ‘कृष’ बलिउडको चर्चित सुपरहिरो फिल्मको घोषणा गरेका छन् । ऋतिकले आफै सामाजिक सञ्जाल मार्फत यसको आधिकारिक घोषणा गरेका हुन्।

उनले ‘कृष’ निर्माण भएको १५ वर्ष पुगेको अवसरमा चौथो सिक्वेल निर्माणको संकेत दिँदै लेखेका छन्, ‘विगत बितिसक्यो। अब हेर्नुछ, भविष्ले के लिएर आउँछ। ‘कृष ४’

करिब दुई वर्षअगाडि ‘कृष–४’ छिट्टै फ्लोरमा जाने र सन् २०२० को क्रिसमसमा रिलिज हुने चर्चा चलेको थियो। तर, पछि यसका निर्माता–निर्देशक राकेश रोशनले तत्काललाई फिल्म स्थगित भएको जानकारी गराएका थिए। त्यतिबेला उनले फिल्मको लेखन कार्य चलिरहेकाले केही समय ढिला हुने बताएका थिए।

‘कृष’ फ्रेन्चाइजको सुरुवात सन् २००३ मा ‘कोइ मिल गया’ फिल्मबाट भएको थियो। यसपछि यसका अन्य दुई श्रृंखला ‘कृष’ सन् २००६ र ‘कृष ३’ सन् २०१३ मा रिलिज भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page