सीमा क्षेत्रमा खटिएका सशस्त्रद्वारा स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद

२०७८ जेष्ठ २९, शनिबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ ।

महोत्तरी सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो।

गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई चेक जाँच गरेको थियो । सो क्रममा भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिले शंकास्पद झोला फालेर हिँडेको सशस्त्रले जनाएको छ । सो झोलामा स्रोत नखुलेको पैसा भेटिएको हो ।

प्रहरीले सो रकम आवश्यक कारबाहीको लागि जलेश्वरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page