बाँकेमा फेरी लम्बियो निषेधाज्ञा (सूचना सहित)

२०७८ जेष्ठ ३, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा  जिल्लाभर जारी निषेधाज्ञा जेष्ठ १० गते राति १२ बजे सम्मका लागि थप गरिएको छ ।

कोरोना संक्रमित बढेसँगै एक साता जारी गरिएको निषेधाज्ञा संक्रमण झन् बढेपछि जेष्ठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल सञ्चालन हुने बाँकेका  प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले  जानकारी दिनुभयो ।

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने गेलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम निर्माण सेवाजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइनेछ।

थप जानकारी जिल्ला प्रशासन बाँकेबाट जारी  सूचनाबाट:

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//chooxaur.com/4/4074708