पिसाब पोल्ने समस्या छ ? यस्ता छन् घरेलु उपायहरु

२०७८ बैशाख २२, बुधबार
पढ्ने समय : < 1 मिनेट

गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्न सक्छ । तर, यो एकमात्र कारण भने होइन । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ । मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुने । यौनरोगको संक्रमण, कुनै विष वा कडा औषधिका कारण मृगौला सुन्निनु अथवा पत्थरी भएको पनि हुन सक्छ । तपाईलाई बढी मात्रामा पिसाव पोल्ने समस्या छ भने त्यसको रोकथामका लागि गरिने घरेलु उपायहरु यस प्रकार रहेका छन् ।

–प्रशस्त पानी पिउने ।

–सरसफाइमा विशेष ध्यानदिने ।

–बोटैमा पाकेको आप १ हप्तासम्म दिनको दुइवटा सेवन गर्ने

–दुधमा मिश्रीको मिश्रण बनाएर पिउने

–गाजरको रस साँझ बिहान १–१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।

–दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

–हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान–बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

–दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

–फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउने ।

–८० ग्राम गहुँको दानालाई भिजाएर बिहान थोरै मिश्री मिसाएर नियमित पिउनाले पनि राहत मिल्छ ।

–नरिवलको पानी प्रशस्त मात्रामा पिउने।

–यौनांगको विशेष सरसफाइ गर्ने।

–कटन वा सुतीका कपडाको प्रयोग गर्ने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page